मंगलबार, भाद्र २३ गते २०८३
images

लगातार घट्यो नेप्से , ५ अर्ब ९ करोडको कारोबार

एक्सप्रेस पाना
बैशाख १०, २०८३ बिहीबार
  • 89
    SHARES
  • लगातार घट्यो नेप्से , ५ अर्ब ९ करोडको कारोबार

    काठमाडौं । साताको चौथो कारोबार दिन बिहिबार पनि सेयर बजार दोहोरो अंकले घटेको छ । 

    images

    आज बजार १७.०१ अंकले घटेर २७८७ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

    बजार घटसंगै बिहिबार कारोबार रकम पनि घटेको छ । बुधबार ७ अर्ब ८१ करोडको कारोबार भएको बजारमा आज ५ अर्ब ९ करोडको कारोबार भएको छ । 

    images


    त्यसैगरी आज ४६ कम्पनीको सेयर मुल्य बढेको छ भने, २१६ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ७ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

     

  • सम्बन्धित विषय:

  • # नेप्से