काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार झिनो अंकले बढेको छ ।
आज बजार १.५४ अंकले बढेर २७८८.७० को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार बढेर बन्द भएता पनि कारोबार रकम भने सामान्य बढेको छ । बिहिबार ५ अर्ब ९ करोडको कारोबार भएको बजारमा शुक्रबार ५ अर्ब २७ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज ८७ कम्पनीको सेयर मुल्य बढेको छ भने, १६८ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १४ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।


