मंगलबार, भाद्र २३ गते २०८३
images

२७९६ को विन्दुमा नेप्से , ४ अर्ब ७४ करोडको कारोबार

एक्सप्रेस पाना
बैशाख १४, २०८३ सोमबार
  • 243
    SHARES
  • २७९६ को विन्दुमा नेप्से , ४ अर्ब ७४ करोडको कारोबार

    काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार सामान्य बढेको छ । 

    images

    आज बजार ७.७३ अंकले बढेर २७९६.४३ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

    बजार बढे पनि सोमबार कारोबार रकम भने घटेको छ ।  शुक्रबार ५ अर्ब २७ करोडको कारोबार भएको बजारमा आज ४ अर्ब ७४ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज १५७ कम्पनीको सेयर मुल्य बढेको छ भने १०२ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १० कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

     

  • सम्बन्धित विषय:

  • # नेप्से