काठमाडौं । साताको चौथो कारोबार दिन बिहिबार सेयर बजार सामान्य घटेको छ ।
आज बजार ५.७३ अंकले घटेर २७३८.७२ नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार घटेसंगै बिहिबार कारोबार रकम पनि घटेको छ । बुधबार ४ अर्ब ९८ करोडको कारोबार भएको बजारमा आज ४ अर्ब ९१ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज ९५ कम्पनीको सेयर मुल्य बढेको छ भने १६१ कम्पनीको सेयर मुल्य घटेको छ भने १० कम्पनीको सेयर मुल्य कुनै पनि परिर्वतन आएको छैन् ।


