काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार सामान्य बढेको छ ।
आज बजार ८.७८ अंकले बढेर २७१२.८६ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार बढे पनि कारोबार रकम भने सामान्य घटेको छ । सोमबार ४ अर्ब २६ करोडको कारोबार भएको बजारमा मंगलबार ३ अर्ब ४३ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज १६२ कम्पनीको सेयर मुल्य बढेको छ भने ९० कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १६ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।


