मंगलबार, भाद्र २३ गते २०८३
images

नेपाल बैंक र बि एण्ड बि हस्पिटल प्रा.लि. बिच सम्झौता

एक्सप्रेस पाना
बैशाख २५, २०८३ शुक्रबार
  • 135
    SHARES
  • नेपाल बैंक र बि एण्ड बि हस्पिटल प्रा.लि. बिच सम्झौता

    काठमाडौं । नेपाल बैंक लिमिटेड र ललितपुर ग्वार्कोमा रहेको बि एण्ड बि हस्पिटल प्रा.लि. बिच सम्झौता भएको छ । 

    images


    नेपाल बैंकमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरुलाई बि एण्ड बि हस्पिटल प्रा.लि. मा उपचार गर्दा लाग्ने शुल्कमा नेपाल बैंकको मोबाईल बैंकिङ एपबाट रकम भूक्तानी गर्दा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।  

    सम्झौता बमोजिम बैंकमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरुलाई अस्पताल द्वारा तोकिएको विविध उपचार सेवामा लाग्ने शुल्कहरूमा बिल रकमको १५% छुट हुने व्यवस्था गरिएको छ । 

    images

    सम्झौता पत्रमा बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र बि एण्ड बि हस्पिटल प्रा.लि. को तर्फबाट प्रशासन प्रमुख प्रकाश कुमार भट्टराईले हस्ताक्षर गरेका हुन् । यसबाट नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू तथा बैंकमा कार्यरत कर्मचारीहरूलाई बि एण्ड बि हस्पिटल प्रा.लि. द्वारा प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्यसेवाबाट लाभान्वित हुनेछन् ।   

    नेपालभर २३१ शाखाहरु, २४६ ए.टि.एम. साथै ६१ एक्सटेन्सन काउन्टर मार्फत करिब २७ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्‍यइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैंकिङ सेवा पुर्‍याई प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । 

    बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा जोड दिई युवा जनशक्ति मार्फत् नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको छ ।  

  • सम्बन्धित विषय:

  • # नेपाल बैंक लिमिटेड
  • # बि एण्ड बि हस्पिटल