काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंकले बढेको छ ।
आज बजार २७.४९ अंकले बढेर २७४५.६५ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार बढेसंगै कारोबार रकम पनि सामान्य बढेको छ । बिहिबार २ अर्ब ९३ करोडको कारोबार भएको बजारमा शुक्रबार ३ अर्ब २८ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज २३५ कम्पनीको सेयर मुल्य बढेको छ भने २६ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ८ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छ ।


