काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ ।
आज बजार ३८.१९ अंकले बढेर २७८३.८५ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार बढेसंगै सोमबार कारोबार रकम पनि बढेको छ । शुक्रबार ३ अर्ब २८ करोडको कारोबार भएको बजारमा आज ४ अर्ब ६१ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज २४७ कम्पनीको सेयर मुल्य बढेको छ भने १८ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ४ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छ ।


