काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ ।
आज बजार ३९.४४ अंकले घटेर २७४४.४० को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार घटेसंगै मंगलबार कारोबार रकम भने सामान्य बढेको छ । सोमबार ४ अर्ब ६१ करोडको कारोबार भएको बजारमा आज ४ अर्ब ६६ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज १३ कम्पनीको सेयर मुल्य बढेको छ भने २५१ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ५ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छ ।


