काठमाडौं । सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योति पाण्डेलाई रिहा गर्न आदेश दिएको छ ।
शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले पाण्डेलाई रिहा गर्न आदेश दिएको हो ।
पाण्डेका तर्फबाट उनकी पत्नी निरु दाहालले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । उक्त रिटमाथिको सुनुवाइपछि अदालतले रिहाइको आदेश जारी गरेको हो ।
.jpg)


