काठमाडौँ । सरकारले कर प्रणालीमा व्यापक पुनरावलोकन गर्दै आयकर छुटको सीमा दोब्बर बनाएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै प्रतिव्यक्ति आयकर छुटको सीमा ५ लाखबाट बढाएर १० लाख रुपैयाँ पुर्याइएको घोषणा गरेका हुन् । साथै, व्यक्तिगत आयकरको उच्चतम दर ३९ प्रतिशतबाट घटाएर २९ प्रतिशत कायम गरिएको उनले बताए ।
त्यस्तै, सरकारले ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क पनि खारेज गरेको जनाएको छ ।
.jpg)


