मंगलबार, भाद्र २३ गते २०८३
images

सभामुखको आचरणमाथि कांग्रेस सांसद यादवको टिप्पणी, रास्वपाको आपत्ति

एक्सप्रेस पाना
आषाढ ३, २०८३ बुधबार
  • 175
    SHARES
  • सभामुखको आचरणमाथि कांग्रेस सांसद यादवको टिप्पणी, रास्वपाको आपत्ति

    काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र मोहन यादवले प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्याल को पूर्व राजनीतिक आबद्धतालाई जोड्दै आचरणमाथि प्रश्न उठाएका छन्।

    images

    बुधबार बसेको बैठकमा उनले सभामुखलाई पूर्व पार्टीसँगको सम्बन्ध अझै पूर्ण रूपमा विच्छेद हुन नसकेको हो ?भन्दै प्रश्न गरे।

    उनले भने,‘मलाई सभामुखसँग प्रश्न छ । यो गरिमामय कुर्सीमा बस्नु पहिला एउटा पार्टीमा आबद्ध हुनुहुन्थ्यो । के सभामुख महोदय अहिलेसम्म पहिलेको जो पार्टी थियो रास्वपा त्योसँगको नाभि काट्न सक्नुभएको छैन कि के हो ?यहाँले सम्पूर्ण सदनको अविभावकको रुपमा यसको सम्मान बढाउने हो ।’ 

    images

    राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद यादवको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।

    रास्वपाका सांसद गणेश कार्कीले प्रतिनिधिसभा नियमावलीको दफा २१ (ख) अनुसार सभामुखको आचरणमाथि छलफल बाहेक आलोचना गर्न नपाइने व्यवस्था रहेको उल्लेख गर्दै उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरे।

    उनले भने,‘नियमावलीको २१ को (ख)मा सभामुखले पद अनुकुल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने यो हामी सबैले मानेको हो । जतासुकै हिलो फालेर विधि बस्दैन भनेर सम्झाउँदै यो बोलेको कुरा रेकर्डबाट हटाउन माग गर्छु ।’

  • सम्बन्धित विषय:

  • # रास्वपा