बुधबार, भाद्र २४ गते २०८३
images

महिला मन्त्रालयमा आजदेखि ह्वीलचेयर सेवा सञ्चालन

एक्सप्रेस पाना
आषाढ २४, २०८३ बुधबार
  • 74
    SHARES
  • महिला मन्त्रालयमा आजदेखि ह्वीलचेयर सेवा सञ्चालन

    काठमाडौं । नेपाल सरकार, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय ले मन्त्रालयमा आउने सेवाग्राहीको सहजता र पहुँच सुनिश्चित गर्न आजदेखि ह्वीलचेयर सेवा सञ्चालनमा ल्याएको छ।

    images

    शारीरिक रूपमा हिँडडुल गर्न कठिनाइ भएका व्यक्ति, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा आवश्यकताअनुसार अन्य सेवाग्राहीलाई लक्षित गर्दै मन्त्रालयको सम्पूर्ण परिसरमा ह्वीलचेयर सेवा उपलब्ध गराइएको हो।

    मन्त्रालयमा सेवा लिन आउने नागरिकलाई सहज, सुरक्षित र सम्मानजनक वातावरण प्रदान गर्ने उद्देश्यले सुरु गरिएको यस सेवाले सार्वजनिक सेवा प्रवाहलाई थप पहुँचयुक्त, समावेशी र नागरिकमैत्री बनाउने अपेक्षा गरिएको छ।

    images

    अब मन्त्रालय परिसरमा आउने सेवाग्राहीले आवश्यकता अनुसार ह्वीलचेयर प्रयोग गरी सहज रूपमा आफ्नो काम सम्पन्न गर्न सक्नेछन्। यस व्यवस्थाले अपाङ्गता भएका व्यक्ति तथा शारीरिक कठिनाइ भएका नागरिकको सेवा पहुँचमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ।

  • सम्बन्धित विषय:

  • # ह्वीलचेयर