काठमाडौं । साताको तेसो कारोबार दिन बुधबार सेयर बजार झिनो अंकले घटेको छ ।
आज बजार ०.२६ अंकले घटेर २६२२.२२ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
बजार घटेसंगै बुधबार कारोबार रकम पनि घटेको छ । मंगलबार ५ अर्ब ७ करोडको कारोबार भएको बजारमा आज ३ अर्ब २९ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज त्यसैगरी आज ११० कम्पनीको सेयर मुल्य बढेको छ भने १५० कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १८ कम्पनीको सेयर मुल्यमा भने कुनै परिर्वतन आएको छैन् ।


