सोमबार, भाद्र २९ गते २०८३
images

हेटौंडाको भैरवडाँडामा १८ फिट उचाइको धरहरा निमार्ण

एक्सप्रेस पाना
जेठ २३, २०७९ सोमबार
  • 352
    SHARES
  • हेटौंडाको भैरवडाँडामा १८ फिट उचाइको धरहरा निमार्ण

    जेठ २३ हेटौडा । बागमती प्रदेशको राजधानी हेटौंडा-१ को भैरवडाँडामा पर्यटकलाई आकर्षित गर्न १८ फिट उचाइको धरहरा निर्माण गरिएको छ ।

    images

    भैरवडाँडाको पाथिभरा मन्दिर नजिकै चोकमा पर्यटकलाई आकर्षित गर्ने उदेश्यले उक्त धरहरा निर्माण गरिएको जनाईएको छ ।हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा उक्त धरहरा सहित पाथिभरा मन्दिर जाने सडक र मन्दिरमा शौचालय निर्माण भएको छ ।

    करिब १६ लाख बजेटमा उक्त धराहरा सहित पाथिभरा मन्दिर जाने सडक र मन्दिरमा शौचालय बनेको बताईएको छ । उक्त धरहरा काठमाण्डौको नौतले धरहरा जस्तै रहेको छ । धरहरा बने संगै उक्त स्थानका बासिन्दाले उक्त चोकको नाम धरधरा चोक नामाकरण समेत गरेका छन् ।

    images

    पाथिभरा मन्दिरसंगै उक्त क्षेत्रमा मनमोहन भ्यु टावर समेत रहेको छ । नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको नामबाट नामाकरण गरिएको उक्त भ्यु टावरबाट विना दुरविन हेटौंडा सहरको मनोरम दृश्यावोलकन गर्न सकिन्छ ।