जेठ २९ काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल तीन हजार ४५३ जनाको नमुना परिक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या १०६ पुगेको छ । यता पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना सक्रमण मुक्त भएका छन् । यस्तै सोही समयमा कोरोनाको कारण कुनै पनि ब्यक्तिको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

