आइतबार, कार्तिक १६ गते २०८३
images
images

नयाँदिल्लीमा सङ्क्रमितको सङ्ख्या ८२ प्रतिशत वृद्धि

एक्सप्रेस पाना
आषाढ १, २०७९ बुधबार
  • 359
    SHARES
  • नयाँदिल्लीमा सङ्क्रमितको सङ्ख्या ८२ प्रतिशत वृद्धि

    असार १ काठमाडौँ । भारतको नयाँ दिल्लीमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ८२ प्रतिशतले वृद्धि भएको छ । सरकारी अधिकारीले बुधबार दिएको जानकारीअनुसार अघिल्लो दिनको तुलनामा बुधबार ८२ प्रतिशतले वृद्धि भएको हो ।   

    images

    देशको सङ्घीय राजधानी नयाँ दिल्लीमा एकाएक सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको विवरण सार्वजनिक भएपछि धेरैको ध्यान खिचिएको छ । 

    स्वास्थ्य अधिकारीका अनुसार पछिल्लो एक दिनमा एक हजार ११८ जना सङ्क्रमित थपिएका छन् । जवकी अघिल्लो दिन ६१४ जना मात्रै सङ्क्रमित भएका थिए । 

    images

    उनीहरुले पछिल्लो एक दिनमा ५०० सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । भारतमा अहिले देशभरी सक्रिय सङ्क्रमितको सङ्ख्या ५० हजार ५४८ रहेका छन् । भारतमा अहिले फेरि दैनिक सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको देखिएको छ ।