आइतबार, कार्तिक १६ गते २०८३
images
images

अफगानिस्तानका भूकम्प पीडितलाई पाकिस्तानको सहयोग

एक्सप्रेस पाना
आषाढ ९, २०७९ बिहीबार
  • 367
    SHARES
  • अफगानिस्तानका भूकम्प पीडितलाई पाकिस्तानको सहयोग

    एजेन्सी । अफगानिस्तानका भूकम्प पीडितहरुका लागि पाकिस्तानले सहयोगको घोषणा गरेको छ । पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले बुधबार एक विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी गराएको हो ।

    images

    पाकिस्तानका प्रधानमन्त्रीको कार्यालयद्धारा जारी गरिएको एक विज्ञप्तिमा जनाइएअनुसार ती सहायता सामग्रीहरुमा टेन्ट, लत्ता कपडा, खाद्यान्न र औषधि रहेका छन् । ती सामग्रीहरु बिहीबार नै अफगानिस्तान पु¥याइने तयारी गरिएको पनि प्राप्त समाचारमा जनाइएको छ । अफगानिस्तानको दक्षिण पूर्वी क्षेत्रमा पर्ने खोस्ट सहरनजिकै बुधबार बिहान आएको शक्तिशाली भूकम्पमा परी एक हजार जना भन्दा बढीको मृत्यु भएको हो ।

    खोस्ट प्रान्त अन्तर्गत पर्ने स्पेरा जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ । त्यसैगरी बर्माला, जिरुक, नाका र गायन जिल्ला पनि धेरै प्रभावित भएका बुधबार प्राप्त समाचारमा जनाइएको थियो ।  

    images

    भूकम्पमा परी अहिलेसम्म एक हजार ५०० भन्दा बढी घाइते भएको विवरण प्राप्त भएको प्रहरी अधिकारीहरूले जनाएका छन् ।भूकम्पका कारण धेरै ठाउँका हजारौँ भवन तथा भौतिक संरचना क्षतिग्रस्त भएका छन् । स्थानीय समयानुसार विहान १.३० बजेतिर भूकम्प आएको हो ।

    घटनास्थलबाट गम्भीर अवस्थामा घाइते रहेकाहरुको उद्धार गरिएको र तथा पुरिएका वा थुनिएकाहरूलाई उद्धार गरेर हेलिकोप्टरबाट उद्धार गरिएको छ । घटनास्थलमा खोजी तथा उद्धारका लागि दर्जनौ उद्धारकर्ता पनि परिचालित छन् ।

    अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएअनुसार भूकम्प ६.१ म्याग्निच्युडको रहेको थियो । तालिवान सरकारका प्रवक्ता जाबिउल्लाह मुजाहिदले भूकम्पबाट पिडीतहरूलाई राहत तथा क्षतिपूर्ति र व्यवस्थापनका लागि सरकारले गृहकार्य गरिरहेको जानकारी दिनुभयो ।