आइतबार, कार्तिक १६ गते २०८३
images
images

नाइट क्लबमा बीस जना मृत भेटिए

एक्सप्रेस पाना
आषाढ १२, २०७९ आइतबार
  • 330
    SHARES
  • नाइट क्लबमा बीस जना मृत भेटिए

    दक्षिण अफ्रिकाको दक्षिणी शहर पूर्वी लन्डनमा अवस्थित एक नाइट क्लबमा आइतबार २० जना मृत फेला परेका प्रहरीले जनाएको छ । उनीहरूको मृत्युको कारण र विवरण भने सार्वजनिक भएको छैन ।  

    images

    ‘हामीले पूर्वी लन्डनमा रहेको सिनरी पार्कमा रहेको स्थानीय क्षेत्रमा १७ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त गरेका छौँ’। प्रान्तीय प्रहरी प्रमुख ब्रिगेडियर थेम्बिन्कोसी किनानाले एएफपी समाचार समितिलाई उक्त जानकारी दिनुभएको छ । घटनाको वरिपरिको परिस्थितिबारे अझै अनुसन्धान गरिरहेको पनि उहाँले बताउनु भएको छ । यद्यपी अझै पनि यस समाचारको विस्तृत विवरण भने प्राप्त नभएको जनाइएको छ ।