आइतबार, कार्तिक १६ गते २०८३
images
images

कार दुर्घटनामा १० जनाको मृत्यु

एक्सप्रेस पाना
आषाढ १७, २०७९ शुक्रबार
  • 388
    SHARES
  • कार दुर्घटनामा १० जनाको मृत्यु

    एजेन्सी । इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान र बलुचेस्तानमा भएको कार दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको सरकारी समाचार एजेन्सी इरनाले शुक्रबार जनाएको छ ।

    images

    बिहीबार राति भएको दुर्घटनामा कोनारकदेखि निक्शहर सडकमा दुईवटा कार ठोक्किएर आगलागी हुँदा अन्य दुईजना घाइते भएको इरान शहर युनिभर्सिटी अफ मेडिकल साइन्सेसका आपतकालीन सेवाका अधिकारी रेजे अरबाबी नसराले इर्नालाई बताएका छन्। घाइतेहरूलाई उपचारका लागि चाबहार इमाम अली अस्पताल लगिएको उनले जनाकारी दिएका छन् ।