आइतबार, भाद्र २८ गते २०८३
images

उपत्यकामा जारी निषेधाज्ञा भदौं १६ सम्म

एक्सप्रेस पाना
भाद्र ८, २०७८ मंगलबार
  • 246
    SHARES
  • उपत्यकामा जारी निषेधाज्ञा भदौं १६ सम्म

    भाद्र ८ काठमाडौं । कोरोना भाइरस (कोभिड१९) संक्रमण कारण गत बैशाख १६ देखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा पुनः थप गरिएको छ । मंगलबार बसेको उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञा भदौ १६ गतेसम्म लम्ब्याउने निर्णय गरेका छन् ।

    images

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) कालीप्रसाद पराजुलीले साबिककै निषेधाज्ञालाई अनुसरण गरिने बताएका छन् । साथै, राति ८ बजेदेखि सार्वजनिक तथा निजी सवारी साधन चलाउन नपाइने नियम भने तत्कालका लागि हटाइएको उनले बताएका छन् ।

    सिडिओ पराजुलीका अनुसार निजी सवारी साधनलाई कोभिड प्रोटोकल पालना गरेर चलाउन पाइने आदेश दिइएको छ । यसअघिको बैठकले गरेको निषेधाज्ञाको समय आज भदौ ८ गते सकिँदैछ ।

    images