आइतबार, कार्तिक १६ गते २०८३
images
images

इजरायली प्रधानमन्त्री र टर्कीका राष्ट्रपतिबीच फोनवार्ता

एक्सप्रेस पाना
आषाढ २७, २०७९ सोमबार
  • 297
    SHARES
  • इजरायली प्रधानमन्त्री र टर्कीका राष्ट्रपतिबीच फोनवार्ता

    एजेन्सी । इजरायलका प्रधानमन्त्री यायिर लापिद र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानबीच फोनवार्ता भएको छ । उहाँहरुका बीचमा आगामी दिनमा यी दुई देशकाबीचको सम्बन्ध थप सुमधुर बनाउने विषयमा कुराकानी भएको इजरायली प्रधानमन्त्री लापिदको सचिवालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

    images

    उहाँहरुले इजरायल र टर्कीका बीचको सम्बन्ध यस क्षेत्रको क्षेत्रीय शान्ति, आर्थिक विकास तथा स्थायित्वका लागि महत्वपूर्ण रहेको धारणा राख्नुभएको समाचारमा जनाइएको छ ।

    यी दुई देशले पछिल्लो पटक हवाई उड्यनका क्षेत्रमा पनि नयाँ सहमति गरेका थिए । उक्त सहमतिले पनि दुई देशका बीचको सम्बन्ध सुदृढीकरणमा ठूलो सहयोग पु¥याउने उहाँहरुका बीचमा कुराकानी भएको बताइएको छ ।

    images

    लापिद यही जुलाई १ तारिखमा इजरायलको कामचलाउ प्रधानमन्त्री नियुक्त हुनुभएको हो । लापिदलाई टर्कीस् राष्ट्रपति एर्दोगानले बधाई ज्ञापन गर्नुभएको थियो । त्यस अवसरमा टर्कीस् राष्ट्रपति एर्दोगानले लापिदको कार्यकालमा यी दुई देशबीचको आपसी सम्बन्ध झन् सुदृढ हुने विश्वास पनि व्यक्त गर्नुभएको थियो ।