भाद्र ८ काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको दाँतको माइनर सर्जरी गरिएको छ । आज बिहान वीर अस्पतालको डेन्टल विभागमा सापकोटाको माइनर ओरल सर्जरी गरिएको हो । सर्जरी गरी दायाँ पट्टि तल्लो भागको एउटा दाँत निकालिएको सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।
डेन्टल विभागकी प्रमुख डा.शैली प्रधान, डा.किशोर भण्डारी लगायतको चिकित्सकहरूको टोलीले चेकजाँचपश्चात् सफलतापूर्वक सर्जरी गरेका हुने । सभामुख सापकोटाको दाँतमा समस्या आएपछि एक महिना अघि सर्जरीको समय लिइएको थियो । सर्जरीमा संलग्न चिकित्सकहरूले उपचार प्रक्रिया जारी रहेको बताएका छन् । सभामुख सापकोटा चिकित्सकको सुझाव अनुसार निवासमा आराम गरि रहेका छन् ।
त्यस्तै सभामुखले उपचारमा संलग्न चिकित्सकहरूको सबै टोलीलाई धन्यवाद ज्ञापन समेत गरेका छन् ।


