आइतबार, कार्तिक १६ गते २०८३
images
images

देश छोडेर भागे श्रीलंकाका राष्ट्रपति

एक्सप्रेस पाना
आषाढ २९, २०७९ बुधबार
  • 253
    SHARES
  • देश छोडेर भागे श्रीलंकाका राष्ट्रपति

    एजेन्सी । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षे देश छोडेर भागेका छन् । राष्ट्रपति राजपाक्षे, उनकी श्रीमती र दुई जना अंगरक्षकसहित बुधबार बिहानै श्रीलंकाली वायुसेनाको विमानमार्फत देश जाडेर माल्दिभ्सको राजधानी मालेतर्फ प्रस्थान गरेका हुन् ।

    images

    यसअघि सोमबार पनि राजपाक्षेले देश छोड्नलाई दुई पटक प्रयास गरेपनि असफल भएको सीएनएनले लेखेको छ । श्रीलंकाली नागरिकहरुको महिनौंको विरोधपछि राष्ट्रपति राजपाक्षे पदबाट राजीनामा दिन तयार भएका थिए । उनले बुधबार पदत्याग गर्ने बताएका थिए ।

    यता, प्रधानमन्त्री रनिल बिक्रमसिंघेले पनि नयाँ सरकार गठन भएपछि पदबाट राजीनामा दिने बताएका छन् । श्रीलंकाका सांसदहरु आगामी साता नयाँ राष्ट्रपति चयन गर्न सहमत भएका थिए । यद्दपि, नयाँ सरकारको संरचनामा भने विवाद कायमै रहेको छ ।