आइतबार, कार्तिक १६ गते २०८३
images
images

सवारी दुर्घटनामा आठ मृत्यु

एक्सप्रेस पाना
श्रावण १, २०७९ आइतबार
  • 325
    SHARES
  • सवारी दुर्घटनामा आठ मृत्यु

    अफगानिस्तानको बाघलान प्रान्तमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा कम्तीमा आठ जनाको मृत्यु भएको छ ।  साथै अन्य ३० जना घाइते भएका स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै सञ्चारमाध्यमले शनिबार जानकारी दिएका छन् ।

    images

    काबुलबाट यात्रु बोकेको बस शनिबार बिहान करिब २ बजे पुल-ए-खुम्री सहरनजिकै ट्रकसँग ठोक्किएको बागलानको सूचना र संस्कृति निर्देशनालयका प्रमुख मलावी मुस्तफा हासेमीले जानकारी दिएका टोलो न्यूजले जनाएको छ । दुर्घटना हुँदा म सुतिरहेको थिएँ,’ घटनामा घाइते भएका हेरात निवासी मोहम्मद नाबीले भनेका छन्  ।

    काबुलबाट समाङ्गन जाँदै गरेको नाबीले आफ्नो छोरा र भाइ पनि घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । “यात्राको क्रममा म निदाइरहेको थिएँ र यो घटना भयो,“ अर्का यात्रु अली मोहम्मदले भने ।

    images

    घटनामा घाइते भएका मानिसहरूलाई बाघलान र समाङ्गन प्रान्तका दुई अस्पतालमा लगिएको अधिकारीहरूले जानकारी दिएका छन् । बाघलान अस्पतालका प्रमुख मोहम्मद अनवर वर्दकले भने, “हामीले एक बालक र एक महिलासहित १५ जना घाइतेलाई भर्ना गरेका थियौं । केही घाइतेलाई अस्पतालबाट घर फर्काइएको छ । घटनामा आठ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । 

    बाघलानको दोशी जिल्लामा शुक्रबार साँझ एउटा गाडीले नियन्त्रण गुमाउँदा कम्तीमा चार जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । गत मे महिनामा बाघलान प्रान्तमा भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको  सञ्चार माध्यमले ट्राफिक प्रहरीलाई उद्धृत गर्दै जानकारी दिएको छ ।