आइतबार, कार्तिक १६ गते २०८३
images
images

विवाहका पाहुना बोकेको डुङ्गा सिन्धु नदीमा दुर्घटना, २३ जनाको मृत्यु

एक्सप्रेस पाना
श्रावण ३, २०७९ मंगलबार
  • 1.3K
    SHARES
  • विवाहका पाहुना बोकेको डुङ्गा सिन्धु नदीमा दुर्घटना, २३ जनाको मृत्यु

    एकसय जनाभन्दा बढी विवाहका पाहुना बोकेको डुङ्गा रहिम यार खान शहर नजिक सिन्धु नदीमा डुब्दा २३ जनाको मृत्यु भएको छ भने २६ जना हराइरहेका छन् । 

    images

    राज्य सञ्चालित उद्धार सेवाका ३५ जना गोताखोर  खोजी तथा उद्धारमा खटिएका र उनीहरूले ९० जनालाई उद्धार गरेका सरकारी अधिकारीहरूले बताएका छन् । क्षमताभन्दा बढी यात्री बोकेका कारण डुङ्गा डुबेको अनुमान गरिएको छ । 

    दुर्घटनामा ज्यान गुमाउने अधिकांशमा महिला छन् । आपत्काल व्यवस्थापन प्राधिकरणका अनुसार १९ जना महिलाको शव नदीबाट निकालिएको छ । डुङ्गामा धैरे महिला र बालबालिका सवार थिए । गत साता सरकारले निरन्तर वर्षा भइरहेकाले नदीतटमा नजान सर्वसाधारणलाई आग्रह गरेको थियो । 

    images