आइतबार, कार्तिक १६ गते २०८३
images
images

कोरियामा एक दिनमा ७१ हजार भन्दा बढी कोरोना सङ्क्रमित

एक्सप्रेस पाना
श्रावण ५, २०७९ बिहीबार
  • 262
    SHARES
  • कोरियामा एक दिनमा ७१ हजार भन्दा बढी कोरोना सङ्क्रमित

    दक्षिण कोरियामा बितेका २४ मा बुधबार मध्यरातसम्म ७१ हजार एकसय ७० जनामा कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । 

    images

    यो सँगै देशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ९० लाख ९ हजार नौसय ८० पुगेको स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।

    कोरिया डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन एजेन्सीका अनुसार अघिल्लो दिन ७६ हजार चारसय दुई सङ्क्रमित फेला परेका थिए । गम्भीर अवस्थाका रहेका सङ्क्रमितको सङ्ख्या एक सय तीन पुगेको छ । 

    images

    सङ्क्रमणबाट मङ्गलबार १७ जनाको मृत्यु भएको छ भने हालसम्म चौबीस हजार सातसय ९४ ले यो महारोगबाट ज्यान गुमाइसकेका छन् ।