भारतको १५औं राष्ट्रपतिको रुपमा द्रौपदी मुर्मुले शपथ लिएकी छिन्। यससँगै उनी भारतको पहिलो आदिवासी महिला राष्ट्रपति बनेकी छिन् ।
भारतका प्रधानन्यायाधीश एनवी रमन्नाले द्रौपदी मुर्मुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । जुलाइ २१ मा भएको राष्ट्रपतीय निर्वाचनमा मुर्मु विजयी भएकी थिइन् । उनले खसेको समग्र मतमध्ये ६४ प्रतिशत मत पाएकी थिइन् ।
शपथ ग्रहणपछि सामाजिक सञ्जाल ट्वीटरमर्फत मुर्मुले आफ्नो जितले गरीबहरुले ठूलो सपना देख्न मात्र होइन, त्यसलाई पूरा पनि गर्न सक्छन् भन्ने प्रमाण दिएको उल्लेख गरेकी छिन् ।
द्रौपदी मुर्मु झारखण्डको पहिलो महिला र आदिवासी राज्यपाल थिइन् । उनी ओडिशाको मन्त्रीसमेत बनेकी थिइन् ।
.jpg)


