आइतबार, कार्तिक १६ गते २०८३
images
images

फिलिपिन्समा ७.१ म्याग्निच्युडको भूकम्प, सुनामी आउन सक्ने चेतावनी

एक्सप्रेस पाना
श्रावण ११, २०७९ बुधबार
  • 364
    SHARES
  • फिलिपिन्समा ७.१ म्याग्निच्युडको भूकम्प, सुनामी आउन सक्ने चेतावनी

    फिलिपिन्समा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणले लुजोन टापुमा बुधबार शक्तिशाली भूकम्प गएको जनाएको छ । 

    images

    भूकम्प ७.१ रेक्टर स्केलको मापन गरिएको छ । राजधानी मनिलालगायत धेरै क्षेत्रमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको भूवैज्ञानिकहरूले बताएका छन् । यद्यपि यी परकम्पहरूमा कुनै पनि मानवीय वा सम्पत्तिको क्षति भएको छैन।

    भूकम्पको केन्द्रबिन्दु अबरा प्रान्तको डोलोरेस सहरबाट करिब ११ किलोमिटर पूर्व–दक्षिणमा रहेको बताइएको छ । समाचार एजेन्सी रोयटर्सलाई उद्धृत गर्दै ३० सेकेन्ड वा सोभन्दा बढी समयसम्म भूकम्पको धक्का महसुस गरिएको थियो। भूकम्पपछि मानिसहरु घरबाहिर निस्केका थिए । 

    images

    भूकम्पका कारण सुनामी आउने चेतावनीसँगै सर्वसाधारणलाई सतर्कता अपनाउन भनिएको छ ।