साउन ११ काठमाडौं । पछिल्ला केही दिनदेखि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टमा थप ५६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ४४५४ जनाको नमुना परिक्षण गर्दा ५६४ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३९२९ जना पुगेको छ । यता पछिल्लो २४ घण्टामा २०२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने सोही समयमा कोरोनाको कारण १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

