आइतबार, कार्तिक १६ गते २०८३
images
images

भीषण वर्षा र बाढीले उत्तरी चीनको लिओनिङमा ८० हजार  जनता प्रभावित

एक्सप्रेस पाना
श्रावण १४, २०७९ शनिबार
  • 570
    SHARES
  • भीषण वर्षा र बाढीले उत्तरी चीनको लिओनिङमा ८० हजार  जनता प्रभावित

    एजेन्सी । चीनको उत्तरपूर्वी लिओनिङ प्रान्तमा आएको भारी वर्षा र बाढीका कारण झण्डै ८० हजार मानिस प्रभावित भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

    images

    लिओनिङ बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयका अनुसार करिब १,६०० हेक्टर बाली प्रभावित भएको छ जसमा १२.७ मिलियन युआन (लगभग १९ मिलियन अमेरिकी डलर) को प्रत्यक्ष आर्थिक क्षति भएको छ।

    प्रदेशका १३ मझौला र १७ वटा साना जलाशयमा पानीको बहाव  बढेकाले बाढीको चेतावनीको स्तर नाघेको बताइएको  छ । उनीहरू अहिले बाढीको पानी निकासी गर्न प्रयत्नशील छन् ।

    images

    बिहीबारदेखि शनिबारसम्मको मुसलधारे वर्षाको बीच अधिकारीहरूले प्रान्तका करिब ७०,००० मानिसहरूलाई सुरक्षित स्थानमा सारिसकेका छन्।