साउन १६ काठमाडौं । साउन महिना लागे संगै कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा थप ८९५ जनामा कोरोना संक्रमण पृष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ५९०९ जनाको नमुना परिक्षण गर्दा ८९५ जनामा संक्रमण पृष्टि भएको हो ।
यो संगै नेपालमा सक्रिय संक्रमितको संख्या ४९३४ जना पुगेको छ । पछिलो २४ घण्टामा २३४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने सोही समयमा कोरोनाका कारण १ जनाको मुत्य भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

