आइतबार, कार्तिक १६ गते २०८३
images
images

आइएमई पे एपको टप–अपमा नयाँ क्यासब्याक अफर

एक्सप्रेस पाना
श्रावण १६, २०७९ सोमबार
  • 376
    SHARES
  • आइएमई पे एपको टप–अपमा नयाँ क्यासब्याक अफर

    साउन १६ काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित “आइएमई डिजिटल सोलुसन लिमिटेड”को “आइएमई पे” ले मोबाईल रिचार्जमा नयाँ अफर अध्यावधिक गरिएको छ । डिजिटल भुक्तानीको लागि मुख्य रोजाईमा पर्दै आएको आइएमई पे एपले दैनिक उपभोग्य सेवाहरूको भुक्तानीको साथै अन्य सम्पूर्ण किसिमको भुक्तानी तथा पैसाको लेनदेन सरल बनाउँदै आएको छ । 

    images

    यसै सेवामा थप प्रवर्दन गर्ने मुख्य उद्देश्यका साथ आइएमई पेले मोबाईल रिचार्जमा थप २  प्रतिशत क्यासब्याकको अफर ल्याएको छ । आइएमई पे एपमा दर्ता भएको आफ्नै मोबाईल नम्बरमा टप-अप गर्दा ५ प्रतिशत क्यासब्याक पाउने सुविधा थियो । यस अफरको साथ अब सेवाग्राहीहरुले आइएमई पे एपबाट कुनै पनि मोबाईल नम्बरमा टप-अप गर्दा २ प्रतिशत क्यासब्याक पनि पाउनुहुनेछ ।

    यस क्यासब्याक अफरलाई अझ रमणिय बनाउन कम्पनीले एक जना भाग्यशाली बिजेतालाई यस अभियानको पहिलो महिनामा “वान प्लस टेन प्रो” स्मार्टफोन पनि उपलब्ध गराउने बताएका छन्। सोको निम्ती सेवाग्राहीले महिना भरी कम्तीमा रू। ५० को १० टप-अप गर्नु पर्ने नियम तथा सर्त कम्पनीले प्रस्टाएका छन् ।

    images