आइतबार, कार्तिक १६ गते २०८३
images
images

झिनो अंकले घटेको नेप्सेमा ३ अर्ब २९ करोड रुपैयाँको कारोबार

एक्सप्रेस पाना
श्रावण १७, २०७९ मंगलबार
  • 326
    SHARES
  • झिनो अंकले घटेको नेप्सेमा ३ अर्ब २९ करोड रुपैयाँको कारोबार

    साउन १७ काठमाडौं । साताको तेस्रो कारोबारको दिन (मंगलबार) शेयरबजारमा झिनो अंकले घटेको छ । उतारचढावकाबीच नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ २.८१ प्रतिशतले घटेर २१९३ विन्दुमा पुगेको छ ।

    images

    नेप्समा सूचीकृत २१७ कम्पनीको ७८ लाख १३ हजार १०२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २९ करोडमाथिको कारोबार भएको छ ।

    मंगलबार फाइनान्स, हाइड्रोपावर र व्यापार उपसमूहमा लगानीकर्ताको आकर्षण रहँदा यी तीनै उपसमूहको सूचक १ प्रतिशतभन्दा धेरैले बढेको छ। कारोबारमा आएका १३ उपसमूहमा ७ उपसमूहको सूचक भने नकारात्मक छन्।

    images

    यस दिन विन्दवासिनी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ भने सामलिङ्ग पावरको ९.९८ प्रतिशत, हिमाल दोलखा हाइड्रोपावरको ९.९७ प्रतिशत र रिभर फल्स हाइड्रोपावरको ८.५३ प्रतिशतले बढेको छ।

    यता राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ४.२४ प्रतिशतले घटेको छ भने किसान लघुवित्तको ३.९० प्रतिशत, गणपति लघुवित्तको ३.६४ प्रतिशत र सपोर्ट माइक्रोफाइनान्सको ३.३८ प्रतिशतले घटेको छ।

    मंगलबार पनि शिवम् सिमेन्टको सबैभन्दा धेरै २९ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको ९ करोड ९५ लाख, फरवार्ड माइक्रोफाइनान्सको ९ करोड २४ लाख र गुडविल फाइनान्सको ९ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ।