आइतबार, कार्तिक १६ गते २०८३
images
images

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

एक्सप्रेस पाना
श्रावण १८, २०७९ बुधबार
  • 259
    SHARES
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    साउन १८ काठमाडौं । साताको चौथो दिन आज सुनचाँदीको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ३०० र चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको जनाएको छ । 

    images

    यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रुपैयाँ छ । हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ६०० र तेजाबी सुनको मूल्य ९५ हजार १०० रुपैयाँ थियो ।


    महासंघले हिजो मंगलबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको जानकारी दिएको थियो । सोमबार छापावाल सुनको मूल्य ९५ हजार ४०० र तेजाबी सुनको मूल्य ९४ हजार ९०० रुपैयाँ थियो ।

    images

    यसैगरी, आज चाँदीको मूल्य समेत घटेको छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १२ सय १० रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएको छ । हिजो मंगलबार यसको कारोबार मूल्य प्रतितोला १२ सय २० रुपैयाँ थियो ।