आइतबार, कार्तिक १६ गते २०८३
images
images

आयल निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाउने

एक्सप्रेस पाना
श्रावण १८, २०७९ बुधबार
  • 500
    SHARES
  • आयल निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाउने

    साउन १८ काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन नगर्ने भएको छ । भारतबाट मूल्य घटेर आएपनि नाफा नरहेको भन्दै निगमले तत्काल मूल्य समायोजन नगर्ने भएको हो । भारतबाट भाउ घटेर आएपनि तत्काल मूल्य समायोजन नगर्ने निर्णय भएको छ,’ निगम स्रोतले रातोपाटीलाई भन्यो । पछिल्लो पटक इण्डियन आयल कर्पोरेसनबाट प्राप्त मूल्यसूचीअनुसार निगमलाई पेट्रोलमा २ रुपैयाँ नाफा छ । यसबाहेक मट्टितेल र हवाई इन्धनमा समेत नाफा छ ।

    images

    तर, डिजेलमा प्रतिलिटर १० रुपैयाँ र खाना पकाउने एलपीजी ग्यासमा प्रतिसिलिन्डर ८०० रुपैयाँ हाराहारी घाटा छ । यही कारण तत्काल पेट्रोलियम पदार्थको मूल्य समायोजन नगर्ने निगमको भनाइ छ ।