आइतबार, कार्तिक १६ गते २०८३
images
images

६ अंकले घट्यो नेप्से परिसूचक

एक्सप्रेस पाना
श्रावण १८, २०७९ बुधबार
  • 459
    SHARES
  • ६ अंकले घट्यो नेप्से परिसूचक

    साउन १८ काठमाडौं । धबार सेयर बजार परिसूचक नेप्सेमा ६ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन ६.७२ अंकले घट्दै नेप्से सूचक २१ सय ८६.७६ अंकमा झर्न पुगेको हो । 

    images

    तर, यस दिन सूचक घटेपनि यता कारोबार रकममा भने वृद्धि भएको छ । नेप्सेका अनुसार ६ अंकमाथिले घटेको बजारमा आज ४ अर्बमाथिको कारोबार भएको छ । अघिल्लो दिन २.७६ अंकले घटेको बजारमा ३ अर्ब २९ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । 

    आज १३ वटा उपसूचक मध्ये चार वटा बाहेक अन्य उपसूचक ऋणात्मक भएका छन् । ट्रेडिङ समूहको उपसूचक ३.८१ प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूहको उपसूचक १.६४ प्रतिशतले, म्युचुअल फन्ड समूहको उपसूचक ०.२२ प्रतिशतले र माइक्रोफाइनान्स समूहको उपसूचक ०.१५ प्रतिशतले बढेको छ । 

    images

    यता, अन्य ९ वटा उपसूचकहरू १ प्रतिशतभन्दा कम दरले घटेका छन् । यस दिन एक दर्जन कम्पनीहरूको सेयर मूल्यमा ५ प्रतिशतमाथिले वृद्धि भएको छ भने तीन वटा कम्पनीका सेयर धनीहरूले तीन प्रतिशत भन्दा माथिले नै गुमाएका छन् ।