बुधबार, कार्तिक १९ गते २०८३
images
images

सत्ता गठबन्धन बैठक : तालमेलको सहमति, सिट बाँडफाँटबारे कार्यदल

एक्सप्रेस पाना
श्रावण २०, २०७९ शुक्रबार
  • 301
    SHARES
  • सत्ता गठबन्धन बैठक : तालमेलको सहमति, सिट बाँडफाँटबारे कार्यदल

    साउन २० काठमाडौं । सत्तारुढ गठबन्धनमा आबद्ध दलको आज बसेको बैठकले आगामी निर्वाचनमा पनि गठबन्धनमा आशद्ध दलहरूबीच तालमेल गरेरै जाने सहमति गरेको छ।

    images

    प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा भएसँगै बसेको बैठकले गठबन्धनका दलहरुबीच सिट बाँडफाँटका लागि सहमति जुटाउन कार्यदल गठनसमेत गरेको छ। कार्यदलमा ९ जना सदस्यहरू रहने बताइएको छ।

    प्रतिनिधिसभामा १ सय ६५ र प्रदेशसभामा ३ सय ३० प्रत्यक्षतर्फका सिट छन्। जसमध्ये कांग्रेसले प्रतिनिधिसभामा कम्तीमा ९५ सिट राखेर बाँकी ४ दललाई ७० सिटबाट भागवण्डा लगाउने मनस्थिति बनाएको छ। तर माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने कांग्रेसलाई ८० सिट दिन तयार देखिन्छन्। प्रदेशसभाको सिट बाँडफाँटमा पनि दलहरु यही अनुपातलाई मिलाएर लैजाने तयारी गरिरहेका छन्।

    images

    May be an image of ‎text that says