काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्री र परराष्ट्रमन्त्री शिशिर खनालबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा परराष्ट्रमन्त्री खनालले नेपाल(भारतबीचको घनिष्ठ सम्बन्धले थप उचाइ लिने विश्वास व्यक्त गरे ।
उक्त अवसरमा नेपाल र भारतबीचको बहुआयामिक साझेदारीलाई थप सुदृढ बनाउने तथा दुई देशबीच रहिआएको ऐतिहासिक मित्रतापूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा मन्त्री खनाल र सचिव मिस्रीबीच छलफल भएको थियो।
साथै, परराष्ट्रमन्त्री खनाल र विदेश सचिव मिस्रीले दुई मुलुकबीचको ऊर्जा, उड्डयन, व्यापार, खेलकुद, शिक्षा लगायतका विविध विषयमा पनि छलफल गरे ।
दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विविध पक्षमा पनि कुराकानी भएको थियो ।
त्यस्तै, विदेश सचिव मिस्री भोलि विहीबार प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटघाट गर्ने कार्य तालिका छ ।
.jpg)


