आइतबार, कार्तिक १६ गते २०८३
images
images

सेयर बजारमा ठूलो अंकको गिरावट

एक्सप्रेस पाना
श्रावण २०, २०७९ शुक्रबार
  • 268
    SHARES
  • सेयर बजारमा ठूलो अंकको गिरावट

    साउन २० काठमाडौं । नेप्सेको भिषण पहिरोले साताको अन्तिम कारोबार दिन शुक्रबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन ३८ अंकले घटेको नेप्से आज (शुक्रबार) पुनः ३४ दशमलव ८५ अंकले घटेर २१ सय १३ दशमलव ३० अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ९१ अंकले घटेर चार सय ६ दशमलव ३४ अंकमा पुगेको छ ।

    images

    नेप्सेमा आज दुई सय १३ कम्पनीको ४० हजार चार सय २४ पटकको कारोबारमा ६४ लाख १६ हजार ६ सय २९ कित्ता सेयर खरिद–बिक्री भएको छ । जसअनुसार कुल कारोबार रकम दुई अर्ब ६२ करोड ६१ लाख ५४ हजार नौ सय ४८ रुपैयाँ पुगेको छ ।

    नेप्सेमा आज १३ समूहको कारोबार भएकामा सामूहिक लगानी कोष समूहको सूचक शून्य दशमलव १२ अंकले बढेको छ । बाँकी समूहहरूको सूचक उच्च अंकले घटेका छन् । जसध्ये वाणिज्य बैंक समूहको सूचक २२ दशमलव ६७ अंकले घटेर १३ सय ७९ दशमलव ७२ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक ८६ दशमलव ७१ अंकले घटेर तीन हजार आठ सय १२ दशमलव ६५ अंकमा झरेको छ ।

    images

    यसैगरी जलविद्युत् समूहको सूचक ३९ दशमलव ६ अंकले घटेर २५ सय ५२ दशमलव ६७ अंकमा झरेको छ । निर्जीवन बिमा समूहको सूचक पनि ९५ दशमलव ३२ अंकले घटेर आठ हजार चार सय सात दशमलव ७२ अंकमा झरेको छ । यसैगरी जीवन बिमा समूहको सूचक एक सय १९ दशमलव ९९ अंकले घटेर नौ हजार नौ सय नौ दशमलव ४५ अंकमा झरेकोमा ट्रेडिङ, होटेल तथा पर्यटन, फाइनान्स, उत्पादनमूलक, अन्य, लघुवित्त र लगानी समूहको सूचक पनि घटेर रातै भएको छ ।

    नेप्सेमा शुक्रबार जोशी हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव ९१ प्रतिशतले बढेर दुई सय ६० रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा मैलुङखोला जलविद्युत् कम्पनीको प्रतिकित्ता सेयर मूल्य भने सात दशमलव १८ प्रतिशतले घटेर चार सय ७८ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

    यसैगरी शिवम् सिमेन्टको भने शुक्रबार प्रतिकित्ता सात सय ९१ रुपैयाँ अन्तिम मूल्यमा १५ करोड ६६ लाख २९ हजार नौ सय ३८ रुपैयाँको सेयर कारोबार भएको छ ।