साउन २२ काठमाडौं । सरकारले मंसिर ४ गतेका लागि सङ्घीय र प्रदेशसभा सदस्यको निर्वाचनको मिति घोषणा गरेपछि यतिबेला राजनीतिक दलहरु चुनावी तयारीमा जुट्न थालेका छन् । यस्तै आसन्न निर्वाचनमा पनि सबैको ध्यान गोरखामा केन्द्रित हुने देखिन्छ ।
जसमा पाँच दलीय गठबन्धनमा सहभागी रहेको माओवादी केन्द्रका नेताहरु यतिबेला चुनावी तयारीमा जुट्न थालेका छन् । गएको स्थानिय तहको निर्वाचनलाई नियाल्ने हो भने गोरखामा माओवादीलाई चुनाव जित्न खासै गार्हो नहोला ।
दुई वटा क्षेत्र नम्बर रहेको गोखामा यति बेला माओवादी केन्द्रका हितराज पाण्डे, हरिराज अधिकारी, चुडामणी खड्का, र कृष्ण धितालको चर्चा सुरु भईसकेको छ ।
जसमा २ नम्बर क्षेत्रबाट चुनावी चर्चामा हितराज पाण्डे र चुडामणी खड्का रहेका छन् भने यता एक नम्बर क्षेत्रमा हरिराज अधिकारी र कृष्ण धितालको चर्चा सुरु भएको छ ।
.jpg)


