बुधबार, कार्तिक १९ गते २०८३
images
images

उपराष्ट्रपति पुनद्वारा भारतीय उपराष्ट्रपतिलाई सफल कार्यकालको शुभकामना

एक्सप्रेस पाना
श्रावण २२, २०७९ आइतबार
  • 290
    SHARES
  • उपराष्ट्रपति पुनद्वारा भारतीय उपराष्ट्रपतिलाई सफल कार्यकालको शुभकामना

    साउन २२ काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले भारतका नवनिर्वाचित उपराष्ट्रपति जगदीप धनखडलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको छ । 

    images

    उपराष्ट्रपति पुनले आज शुभकामना सन्देश पठाउँदै भारतका नवनिर्वाचित उपराष्ट्रपतिको सफल कार्यकालको कामना गर्नुभएको हो । 

    उपराष्ट्रपति पुनले सो सन्देशमा भारतका नवनिर्वाचित उपराष्ट्रपतिको कार्यकालमा नेपाल र भारतबीचको बहुआयामिक सम्बन्ध अझै सुदृढ तथा विस्तार हुने विश्वास व्यक्त गर्नुभएको उहाँका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिनुभयो । 

    images