आइतबार, कार्तिक १६ गते २०८३
images
images

सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँट

एक्सप्रेस पाना
श्रावण २४, २०७९ मंगलबार
  • 256
    SHARES
  • सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँट

    साउन २४ काठमाडौं । सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ।  आज विहान बाँडफाँट भएको आईपीओमा गोलाप्रथामार्फत ६७ हजार ५८ जना सर्वसाधारण लगानीकर्ताहरुले सेयर पाएका छन्। 

    images

    जसमध्ये ६ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन्। यो आइपीओमा कुल १४ लाख १३ हजार ५७२ जनाले आवेदन दिएकामा १ हजार १०४ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जनाएको छ। 


    सयपत्रीले साउन १३ गतेदेखि साउन १७ गतेसम्म आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गरेको हो । यसमध्ये ५५ अर्थात ३६ हजार ५३ कित्ता सेयर समूहिक लगानी कोष र २५ अर्थात १४ हजार ४२१ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको थियो। बाँकी ६ लाख ७० हजार ५८६ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिएका थिए।

    images