आइतबार, भाद्र २८ गते २०८३
images

मलेसियामा कोभिडका सङ्क्रमित घटेनन्, एकै दिन छ जनाको मृत्यु

एक्सप्रेस पाना
श्रावण २४, २०७९ मंगलबार
  • 278
    SHARES
  • मलेसियामा कोभिडका सङ्क्रमित घटेनन्, एकै दिन छ जनाको मृत्यु

    मलेसियामा  पछिल्लो समयमा कोभिडका सङ्क्रमितहरु घटेका छैनन् । यहाँ गएको २४ घन्टायता मात्र कम्तीमा पनि दुई हजार ८६३ जनामा कोभिडको सङ्क्रमण देखिएको छ ।

    images

    मलेसियाका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले पछिल्लो सयममा यहाँ कोभिडका सङ्क्रमितहरु बढ्दै गएको र अहिलेसम्म देशका ४७ लाखभन्दा बढीमा सो सङ्क्रमण फैलिएको छ ।

    यहाँ गएको २४ घन्टा मात्रयता छ जना सङ्क्रमितको कोभिडकै कारण ज्यान गएको छ । यो समेत गरी मलेसियामा कोभिडको सङ्क्रमणबाट ज्यान जाने व्यक्तिको संख्या ३६ हजार ३२ जना पुगेको बताइएको छ ।

    images

    देशभर अहिले पनि ४३ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । गम्भीर बिरामी भएका केहीको   सघन उपचारकक्षमा उपचार भइरहेको छ । 

  • सम्बन्धित विषय:

  • # कोरोना