आइतबार, कार्तिक १६ गते २०८३
images
images

कामठमाडौं महानगरको बजेट ४४.२४ प्रतिशत खर्च

एक्सप्रेस पाना
श्रावण २५, २०७९ बुधबार
  • 358
    SHARES
  • कामठमाडौं महानगरको बजेट ४४.२४ प्रतिशत खर्च

    साउन २५ काठमाडौं । गत आर्थिक वर्षमा काठमाडौँ महानगरले ४४.२४ प्रतिशत बजेट खर्च भएको जनाएको छ । आज कामपाको आव २०७८÷७९  को वार्षिक समीक्षा बैठकमा उक्त जानकारी गराइएको हो । 

    images

    गत आर्थिक वर्षका लागि कामपाले १६ अर्ब ५२ करोड ८७ लाख ११ हजार बजेट विनियोजन गरेको थियो । जसमा सात अर्ब ३१ करोड ३५ लाख २९ हजार चार सय ४२ खर्च भएको छ । 

    बैठकमा कामपाका प्रमुख बालेन्द्र साहले चालु आर्थिक वर्षमा स्वीकृत कार्यक्रमलाई कार्ययोजना र समय तालिका बनाएर कार्यान्वयन गराउनुपनर्नेमा जोड दिनुभयो । 

    images

    जनप्रतिनिधिले बनाएका नीतिहरु कर्मचारीहरुले प्रभावकारी कार्यान्वयन गरी जनताले हेर्न, देख्न र महसुस गर्ने ठाउँ रहेको भन्दै कामपाका प्रवक्ता नवीन मानन्धरले, प्राथमिकता र जनसरोकारका विषयलाई प्राथमिकतामा राखेर चालु आवका कार्यक्रम सञ्चालन गर्नुपर्ने  धारणा राख्नुभयो ।  

    बैठकमा विभाग, आयोजना, एकाइ, सचिवालय गरी २४ क्षेत्रबाट प्रस्तुतीकरण हुनेछ । गएको वर्ष स्वीकृत नीति तथा कार्यक्रमका आधारमा कार्यान्वयन गरिएका र गर्न नसकिएका कार्यक्रमको मूल्याङ्कनका लागि समीक्षा बैठक आयोजना गरिएको हो ।