आइतबार, कार्तिक १६ गते २०८३
images
images

रोकिएन शेयरबाजर ओरालो लाग्ने क्रम

एक्सप्रेस पाना
श्रावण २५, २०७९ बुधबार
  • 239
    SHARES
  • रोकिएन शेयरबाजर ओरालो लाग्ने क्रम

    साउन २५ काठमाडौं । लगातार तेस्रो दिन आज बुधवार पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ११ अङ्कले घटेर दुई हजार ५७ दशमलव ६८ विन्दुमा झरेको छ । 

    images

    आज उत्पादन र लगानीबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ । दुई सय १८ वटा कम्पनीको ४६ लाख ४० हजार कित्ता शेयर एक अर्ब ९३ करोड ५५ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नागरिक लगानी कोषको १० करोड ६८ लाख रुपैयाँको शेयर किनबेच भयो । 

    आज हिमालयन एभरेस्ट इन्सुरेन्सको शेयर १० प्रतिशतले घटेको छ । यस्तै हिमालयन पावर पार्टनर, गुडविल फाइनान्स, लक्ष्मी लघुवित्त, कर्णाली विकास बैंक, मञ्जुश्री फाइनान्स र रिभर फल्स कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि हिमालयन हाइड्रोपावरको शेयर भने १० प्रतिशतले बढेको छ ।

    images