साउन २५ काठमाडौं । केहि समय देखी कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा थप ८६८ जनामा कोरोना संक्रमण पृष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ६७०५ जनाको नमुना परिक्षण गर्दा ८६८ जनामा संक्रमण पृष्टि भएको हो ।
यो संगै नेपालमा सक्रिय संक्रमितको संख्या ५८८५ जना पुगेको छ । पछिलो २४ घण्टामा ४१४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने सोही समयमा कोरोनाका कारण ३ जनाको मुत्य भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा १ लाख ३८ हजार ८४० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।


