आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रतितोला पाँच सयले घट्यो सुनको मूल्य

एक्सप्रेस पाना
श्रावण २६, २०७९ बिहीबार
  • 245
    SHARES
  • प्रतितोला पाँच सयले घट्यो सुनको मूल्य

    साउन २६ काठमाडौं । साताको पाचौ दिन नेपाली सुन चाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला पाँच सयले घटेर ९६ हजार छ सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला  ९७ हजार एक सयमा कारोबार भएको थियो ।

    images

    नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार एक सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला  ९६ हजार छ सय थियो ।

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला पाँचले घटेर एक हजार दुई सय २५ तोकिएकोे छ । 

    images