आइतबार, कार्तिक १६ गते २०८३
images
images

नेप्से १९.०६ अंकले घट्यो, १ अर्ब ७६ करोडको कारोबार

एक्सप्रेस पाना
श्रावण २६, २०७९ बिहीबार
  • 217
    SHARES
  • नेप्से १९.०६ अंकले घट्यो, १ अर्ब ७६ करोडको कारोबार

    साउन २६ काठमाडौं । पछिल्लो समय निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचकमा बिहीबार पनि गिरावट आएको छ । बिहीबार नेप्से परिसूचक १९.०६ अंकले घटेर २०३७.८३ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.०९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८३  अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०१ अंकले घटेको छ ।

    images

    बिहीबार कारोबारमा आएका २२३ कम्पनीको ६२ लाख ९८ हजार ६३८ कित्ता शेयर १ अर्ब ७६ करोड १० लाख २३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । बुधबार १ अर्ब ९३ करोड बराबरको शेयर कारोबार भएको थियो । 

    नेप्सेका १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूह बाहेकका १२ वटा उपसमूहको परिसूचकमा गिरावट आएको छ । म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.४६ प्रतिशत बढेको छ । 

    images

    त्यस्तै, वित्त उपसमूहको परिसूचक २.३८ प्रतिशतले घटेको छ । विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले गिरावट आएको छ । 

    नेप्से ओरालो लागे पनि बिहीबार दुई कम्पनीको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा हिमालयन हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावरको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । 

    तर, यता युनिलिभर नेपालको सेयरमूल्य ८.२३ प्रतिशत घटेको छ । त्यस्तै, बुद्धभूमि हाइड्रोपावर र हिमालयन एभरेष्ट इन्स्योरेन्सको पनि शेयर मूल्यमा गिरावट आएको छ । शिवम् सिमेन्टको बिहीबार ७ करोड २७ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेको छ ।