बुधबार, कार्तिक १९ गते २०८३
images
images

नागरिकता विधेयक प्रमाणीकरण गर्न माग

एक्सप्रेस पाना
श्रावण २६, २०७९ बिहीबार
  • 198
    SHARES
  • नागरिकता विधेयक प्रमाणीकरण गर्न माग

    नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवले नागरिकता विधेयक दुवै सदनबाट पास भइसकेको र प्रमाणिकरणका लागि राष्ट्रपतिकहाँ पुगेकाले सो विधेयकलाई प्रमाणीकरण गर्न राष्ट्रपतिसमक्ष आग्रह गर्नुभएको छ ।

    images

    उहाँले उक्त विधेयकले तराई तथा देशका अन्य भू-भागका नागरिकको नागरिकतासम्बन्धी समस्या समाधान गर्ने भएकाले त्यसलाई प्रमाणीकरण गरेर कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभयो ।

    नेता यादवले अहिलेको पाँचदलीय गठबन्धन नेपाली जनताको आवश्यकताका आधारमा बनेको बताउँदै चुनाव र चुनावपछि पनि यही गठबन्धन कायम रहने स्पष्ट गर्नुभयो ।

    images

    उहाँले वर्तमान सरकारले एक वर्षको छोटो अवधिमा नै यसअघिको सरकारले तीन वर्षसम्म गर्न नसकेका काम गरेको दाबी गर्नुभयो ।

    सोही कार्यक्रममा नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री खगराज अधिकारीले पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्ने माग गर्नुभयो । नेता अधिकारीले घटाउनुपर्ने पेट्रोलियम पदार्थको मूल्य नघटाउँदा यसबाट नेपाली जनता प्रत्यक्षरूपमा महँगीको मारमा परेको तर्क गर्नुभयो । उहाँले भन्नुभयो, “पेट्रोलियम पदार्थको मूल्य १५/१५ दिनमा समायोजन हुनुपर्नेमा अहिलेसम्म गरेको छैन, त्यसलाई घटाउनुपर्छ ।”